Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको चेतावनी- जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन आँखा नचम्काइयोस्

रवि लामिछानेको चेतावनी- जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन आँखा नचम्काइयोस्

आइतवार , पौष ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्र नभइ त्यसभित्रको संरचना पनि बदल्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी कार्यालय बनस्थलीमा उपस्थित कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्दै सभापति लामिछानेले सो बताएका हुन् ।

भत्किएको सिंहदरवार बनाएर मात्रै नभई बदल्नुपर्ने अवस्था आएको बताउदै उनले भने- 'सिंहदरबार बनाएर मात्रै हुँदैन, सिंहदरबार बदल्न बाँकी छ । हाम्रो पुस्ताले भत्किएका संरचना बनाउने मात्र छैन बदल्नुपनि पर्ने छ ।'

लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न चेतावनी समेत दिउका छन् ।

उनले प्रश्न गर्दै थप भने- 'म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ? षड्यन्त्रको आँखा बन्द गर्नुहोला ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077