काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको मुल जिम्मेवारीमा फर्किएका छन् ।
आइतबार बनस्थलीस्थित पार्टी कार्यालयमा उपसभापति एवं कार्यवाहक सभापति डोलप्रसाद अर्याल ९डीपी० अर्याल लगायतका नेताहरुले रविलाई स्वागत गरेका हुन् ।
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले शुक्रबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रिहा भएपछि लामिछाने हिजोमात्रै काठमाडौं आइपुगेका रवि पार्टीको मूल जिम्मेवारीमा फर्किएका हुन् ।
आज दिउँसो लामिछानेलाई रास्वपा कार्यकर्ता तथा रास्वपा समर्थकहरुले घण्टीघर बनस्थलीमा बाजागाजा र नाचगान सहित स्वागत गरेका छन् ।
कार्यवाहक सभापति अर्यालले रविको कार्यकक्षमा फूल दिएर स्वागत गरेका हुन् । सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए ।