काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ।
काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई कार्यकर्ता एवं शुभेच्छुकहरूले बाजागाजासहित स्वागत गरेका हुन्।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा शुक्रबार धरौटीमा रिहा भएपछि लामिछाने हिजोमात्रै काठमाडौं आइपुगेका थिए । काठमाडौं फर्किएपछि उनले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूसँग भेटघाट पनि गरेका थिए ।
सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टी कार्यालय प्रवेश गरेका हुन् ।
स्वागत लगत्तै आजै केन्द्रीय समिति बैठक पनि बसनेछ रास्वपाले जनाएको छ । बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्ने छन् ।