Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सभापति लामिछानेले सम्बोधन गर्ने

आइतवार , पौष ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज केन्द्रीय समितिको बैठक बस्दै छ ।

सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

अपराह्न ४ बजे बस लागेको केन्द्रीय समिती बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा शुक्रबार धरौटीमा रिहा भएपछि लामिछानेले भोलिपल्ट शनिबार चितवनमा पार्टीको सभालाई सम्बोधन गरेका थिए ।

काठमाडौं फर्किएपछि उनले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूसँग भेटघाट पनि गरेका थिए ।
सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए ।

रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् अवस्थामै सक्रिय हुने बताएको छ। सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टी कार्यालय प्रवेश गर्दै छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077