Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा भएको दमन हत्या हो, न्यायका लागि लड्छु : रवि लामिछाने

जेनजी आन्दोलनमा भएको दमन हत्या हो, न्यायका लागि लड्छु : रवि लामिछाने

शनिवार , पौष ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमनलाई ‘हत्या’को संज्ञा दिएका छन् ।

शनिबार काठमाडौं आइपुगेलगत्तै आन्दोलनका घाइते तथा शहीद परिवारलाई भेटेर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

लामिछानेले आन्दोलनकारीमाथि टाउको ताकी–ताकी गोली हानिएको घटना कुनै पनि हालतमा क्षम्य नहुने बताए । पीडित परिवारले न्याय नपाएसम्म आफ्नो संघर्ष निरन्तर रहने प्रतिबद्धता उनले व्यक्त गरे।

घटनाको छानबिन र दोषीमाथि कारबाहीमा सरकार गम्भीर नदेखिएको भन्दै उनले असन्तुष्टि जनाए। ‘सारा संसारले देखेको त्यो क्रूर हत्यालाई पनि सरकारले किन तदारुकताका साथ कारबाही प्रक्रिया अगाडि बढाएन ? किन यति धेरै समय लाग्यो ?’ भन्दै उनले प्रश्न गरे ।

सुशासनका सवालमा सरकारलाई साथ दिन तयार रहेको उल्लेख गर्दै लामिछानेले नागरिक हत्या गर्नेहरूलाई उन्मुक्ति दिन नहुने चेतावनी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077