काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवनमा सम्बोधन गर्दैछन् ।
धरौटीमा रिहा भएपछि पहिलोपटक सभापति लामिछानेले राजनीतिक सम्बोधन गर्न लागेका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने बताइएको छ ।
यसपछि लामिछाने दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने कार्यक्रम छ ।