Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले भन्यो- रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कनु हुन्छ

रास्वपाले भन्यो- रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कनु हुन्छ

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको मुल नेतृत्वमा फर्किने भएका छन् ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् ।

सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धुनामुक्त गर्ने आदेश दिएसँगै लामिछाने शुक्रबार रिहा हुँदैछन् ।

हाल नख्खु कारागारमा रहेका लामिछाने आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जाँदैछन् । रुपन्देही जिल्ला अदालतबाट कागजी प्रक्रिया मिलाएपछि रिहा भएसँगै लामिछाने पार्टीको मुल जिम्मेवारीमा तत्काल फर्किने छन् ।

अर्यालले विज्ञप्ति जारी गर्दै भनेका छन्- 'कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरासमेत अवगत गराउँछौँ ।'

त्यस्तै उच्च अदालतको निर्णयलाई रास्वपाले स्वागत गरेको समेत उनले बताएका छन् । रवि कारागारमा हुँदा देशभरबाट सहयोग र सद्भाव राख्नेहरुप्रति रास्वपाले आभार व्यक्त गरेको छ ।

त्यति मात्र नभइ तत्कालीन सरकारले रविमाथि प्रतिशोध साँधेको र वर्तमान अन्तरिम सरकारले न्यायिक पुनरावलोकनमार्फत् रविलाई न्याय दिने विश्वास समेत व्यक्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077