Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी नेता पुरुषोत्तम यादव रास्वपा प्रवेश, समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा समेत समावेश

जेनजी नेता पुरुषोत्तम यादव रास्वपा प्रवेश, समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा समेत समावेश

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । जेनजी नेता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

सो पार्टीका प्रवक्ता मनिष झाले आज शुक्रबार उनलाई स्वागत गरेका हुन् ।

रास्वपाले उनलाई प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा समेत समावेश गरेको छ । यादवले आफू रास्वपा प्रवेश गरेको पुष्टि गर्दै अहिले समानुपातिक सूचीमा रहनेगरी प्रवेश गरिएको भएपनि पछि प्रत्यक्ष समेत लड्न सक्ने बताएका छन् ।

यस्तै विवेकशील साझा पार्टीबाट  रास्वपामा गएका समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, नवराज थापालगायत समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेको रास्वपाले जनाएको छ । रास्वपा र विवेकशील साझाबीच १४ मंसिरमा एकता भएको थियो ।

समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुकहरूको प्रारम्भिक नामावली रास्वपाले गएराति सार्वजनिक गरेको थियो ।

समानुपातिक तर्फको अन्तिम नामावली १४ पुसमा सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077