Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन : शेखर कोइराला

संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन : शेखर कोइराला

बुधवार , पौष २, २०८२

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए ।

आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कोइरालाको भनाइ छ ।

तोकिएको समयमा निर्वाचन नभए संसद पुनर्स्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ ।

नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उमेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे ।

कोइरालाले नेपाली कांग्रेसको विधानअनुसार शेरबहादुर देउवा पुनः सभापतिको उमेदवार हुन नमिल्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077