Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११औँ एमाले महाधिवेशन: हालसम्म कति मत खस्यो ?

११औँ एमाले महाधिवेशन: हालसम्म कति मत खस्यो ?

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

भृकुटीमण्डपमा जारी मतदानमा हालसम्म ६५० मत खसेको एमालेको निर्वाचन समितिले जनाएको छ ।

बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदान ८० वटा विद्युतीय मेसिनबाट भइरहेको छ । एमाले महाधिवेशनका लागि देशभरबाट २ हजार २ सय ६३ प्रतिनिधि सहभागि भएका छन् ।

महाधिवेशनमार्फत एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिनेछ ।

विद्युतीय भोटिङ मेसिनमार्फत प्रतिनिधिहरूले मतदान गरिरहेका छन् । एउटा प्रतिनिधिलाई मत हाल्नका लागि ३० देखि ४० मिनेट समय लागिरहेको छ ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् । एमालेको ११औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो भने बन्दसत्रसहित मतदानको काम भृकुटीमण्डपमा भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077