Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले ११औँ महाधिवेशन: ५ घण्टामा ५३२ मत खस्यो

एमाले ११औँ महाधिवेशन: ५ घण्टामा ५३२ मत खस्यो

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानमा हालसम्म ५३२ मत खसेको छ।

आज बिहान ९ बजेर २० मिनेटदेखि सुरु भएको मतदानमा पाँच घण्टाको अवधिमा उक्त संख्यामा मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमार्फत प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।

महाधिवेशनमार्फत एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिनेछ ।

त्यसका लागि कुल ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077