Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११ औँ एमाले महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान जारी, ३ सय भन्दा बढी मत खस्यो

११ औँ एमाले महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान जारी, ३ सय भन्दा बढी मत खस्यो

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान बिहानदेखि भृकुटीमण्डपमा जारी छ ।

एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साढे ११ बजेसम्ममा करिब ३ सय भन्दा बढी मत खसेको छ ।

मतदान बिहान ९ बजेर २० मिनेटमा सुरु भएको थियो । एमालेमा कुल २ हजार २६३ प्रतिनिधि रहेका छन् । यस हिसाबले मतदान सकिएर नतिजा आज मध्यरातसम्म सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । दुवै उम्मेदवार प्यानलसहित प्रतिस्पर्धामा छन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि ८० वटा ई–भोटिङ मेसिन प्रयोग गरिएको छ

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077