Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेतृत्वका लागि मतदान अझै सुरू भएन - ईश्वर पोखरेल मतदानस्थलमा, ओलीको प्रतीक्षा

एमाले नेतृत्वका लागि मतदान अझै सुरू भएन - ईश्वर पोखरेल मतदानस्थलमा, ओलीको प्रतीक्षा

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेल मतदानस्थल भृकुटीमण्डप पुगेका छन् भने अर्का प्रत्यासी केपी शर्मा ओली भने अझै आइपुगेका छैनन् ।

ओली केही बेरमा आउने बताइएको छ । बिहान ८ बजेदेखि मतदान सुरू गर्ने तयारी भए पनि अध्यक्षका दुवै प्रत्यासी उपस्थित नभएकाले मतदान प्रक्रिया अझै शुरू हुन सकेको छैन ।

यद्यपि, महाधिवेशन प्रतिनिधि (मतदाता)हरू बिहानैदेखि लाइनमा बसेका छन् । निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया पूरा हुन कम्तीमा ६ देखि ८ घण्टा लाग्ने अनुमान गरिएको छ।

मतदान सम्पन्न भएलगत्तै मतगणना शुरू गरिनेछ भने मतगणना २ घण्टाभित्र सकिने अपेक्षा गरिएको छ। एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077