Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको नयाँ नेतृत्व चयन गर्न आज मतदान

एमालेको नयाँ नेतृत्व चयन गर्न आज मतदान

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ । पटकपटक सारिएको मतदान आज बिहान ८ बजे सुरु गर्ने जानकारी एमाले नेताहरूले मंगलबार राति नै दिएका हुन् ।

हिजो साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो । साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो ।

मतदान एमालेको ११औँ महाधिवेशन जारी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ।

एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077