Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११औँ एमाले महाधिवेशन: धर्मलाल गिरीको केन्द्रीय सदस्यको उम्मेदवारी खारेज

११औँ एमाले महाधिवेशन: धर्मलाल गिरीको केन्द्रीय सदस्यको उम्मेदवारी खारेज

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ ।

यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको पनि उम्मेदवारी खारेज भएको थियो ।

त्यसो त केही केन्द्रीय सदस्यहरु सर्वसम्मत हुने भएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार हालसम्म ११ जना सर्वसम्मत भएका छन् ।

त्यस्तै उपमहासचिवमा उम्मेदवारी दिएका एकसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा जारी रहेको छ । एमालेको केन्द्रीय निर्वाच आयोगले निर्वाचन तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदानको समय तोकिएको छ।

नयाँ नेतृत्वका लागि एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिष्पर्धा हुँदैछ । विधान संशोधनपछि १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077