Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११औँ एमाले महाधिवेशन: उम्मेदवारहरुको नाम पुनः प्रकाशित गरेपछि मतदानमा ढिलाइ

११औँ एमाले महाधिवेशन: उम्मेदवारहरुको नाम पुनः प्रकाशित गरेपछि मतदानमा ढिलाइ

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ ।

निर्वाचन समितिले अपरान्ह ४ बजेबाट मतदान गर्ने तयारी गरेको थियो । तर निर्वाचन समितिले उम्मेदवारहरुको नाम पुनः प्रकाशित गरेपछि मतदानमा ढिलाइ हुने भएको हो ।

पुनः अर्को नाम केहीबेरअघि मात्रै प्राप्त भएको र अब नाम रि–ईन्ट्री गरेपछि मात्रै मतदान सुरु हुनेछ ।

निर्वाचन समितिले दिएको समय अनुसार प्राप्त भएको उम्मेदवारहरुको नाम प्रकाशित भएको थियो । तर त्यसमा केही त्रुटी भएपछि पुनः नाम प्रकाशित गरिएको हो ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमाले महाधिवेशनको बन्दसत्र आइतबारबाट भृकुटीमण्डपमा सुरु भएको छ ।

नयाँ नेतृत्वका लागि एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिष्पर्धा हुँदैछ । विधान संशोधनपछि १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077