Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली पक्षले बाँड्यो सूची- उपाध्यक्षमा रघुजी र केन्द्रीय सदस्यमा सुहाङलाई राखियो

ओली पक्षले बाँड्यो सूची- उपाध्यक्षमा रघुजी र केन्द्रीय सदस्यमा सुहाङलाई राखियो

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेको निर्वाचनमा आफूहरूलाई केपी शर्मा ओलीको टिममा नराखेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त र सुहाङ नेम्वाङलाई अन्ततः ओलीकै टिममा राखिएको छ । ।

ओली समूहको सूचीमा नपरेपछि पन्तले उपाध्यक्ष र सुहाङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । पन्त र सुहाङलाई सूचीमा नराखेको भन्दै ओलीको आलोचनासमेत भएको थियो । पदाधिकारीको सूचीमा नराखेको भन्दै पन्त ओली समूह छाडेर ईश्वर पोखरेल समूहमा आएको चर्चा पनि चलेको थियो ।

तर ओलीले उपाध्यक्षमा अघि सारेका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि ओली समूहले पन्तलाई आफ्‌नो समूहमा राखेर त्यसको सूची महाधिवेशन प्रतिनिधिहरूलाई बाँडेको हो ।

यस्तै सोमबार स्वतन्त्र उम्मेदवारी दिएका सुहाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ । सुहाङ स्वर्गीय नेता सुवास नेम्वाङका छोरा हुन् ।

आज एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा एमाले ११ औँ महाधिवेशनमा मतदान हुँदैछ ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ भने उनीहरूकै प्यानलबाट उपाध्यक्ष, महासचिवसहित अन्य पदहरूमा समेत उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचनमा २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077