काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेल पक्षको प्यानलमा समेटिएका छन् ।
ओली प्यानलबाट पदाधिकारी नपरेपछि सचिवमा उम्मेदवारी दिएका खरेललाई पोखरेल प्यानलले आफनो पक्ष समेटेको हो ।
खरेल ओली प्रधानमन्त्री हुँदा धेरैपटक कानुनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकारसमेत बनेका थिए ।
ओली पक्षबाट सचिवमा उठ्ने चाहना राखेका स्थायी कमिटी सदस्य खरेलले उपमहासचिव भन्दा तल प्यानल नबनाउन ओलीलाई आग्रहसमेत गरेका थिए । तर ओलीले उनलाई कुनै महत्व नै दिएनन् ।
पोखरेल पक्षले भने उनलाई सचिव उम्मेदवारको पहिलो नम्बरमा राखेको छ ।