Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीबाट एक पदाधिकारीसहित एमालेका ९ नेता चुनावी मैदानमा

कैलालीबाट एक पदाधिकारीसहित एमालेका ९ नेता चुनावी मैदानमा

मंगलवार , पौष १, २०८२

काठमाडौँ । भृकुटीमण्डपमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कैलालीबाट पदाधिकारीसहित नौ नेता चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको उपमहासचिवमा लेखराज भट्टसहितका नेता चुुनावी मैदानमा होमिएका छन् ।

भट्ट पार्टीका अहिलेका सचिव एवंम् सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत हुन् । भट्टसँगै केन्द्रीय सदस्यमा नादरमुनी राना, गौरीशंकर चौधरी, लीलाकुमारी भण्डारी, कमला ओली, झपटबहादुर रावल, सन्तोशकुुमारी शर्मा थापा, द्धारिकाप्रसाद न्यौपाने र डेजी पाण्डे उम्मेदवार रहेका छन् ।

उनीहरु मध्ये उपमहासचिवका उम्मेदवार भट्ट, केन्द्रीय सदस्यका उम्मेदवार लिलाकुमारी भण्डारी, गौरीशंकर चौधरी, कमला ओली र सन्तोशकुमारी शर्मा थापा ओली प्यानलबाट हुन् ।

ओलीको प्यानलमा नसमेटिएपछि कैलाली इन्चार्ज समेत रहेका रानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने झपट रावल, द्धारिका न्यौपाने र डेजी पाण्डे भने ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077