Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो बन्यो ईश्वर पोखरेल समूहको पदाधिकारीको उम्मेद्वार टिम

यस्तो बन्यो ईश्वर पोखरेल समूहको पदाधिकारीको उम्मेद्वार टिम

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका नेता ईश्वर पोखरेलले टिम नै खडा गरेका छन् ।

पोखरेलले विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई समेटेर टिम बनाएका हुन् ।

पोखरेलको टिमबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्की उम्मेदवार बनेका छन् ।

यता उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौ‍धरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।

यसैगरी सचिव पदमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्तलाई समेत समेटेर अघि बढ्ने तयारी भइरहेको बताइएको छ । पुनः तेस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनेका केपी शर्मा ओलीको टिमबाटै उनी उपाध्यक्ष बन्ने तयारीमा रहेका थिए । तर उक्त टिममा खुला केन्द्रीय सदस्य बनाउन लागिएपछि पन्तले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान भने भोलि हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077