काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यससँगै अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ।
महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी रहँदा नेतृत्व चयन प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ ।
नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुने कार्यतालिका तय भएको छ ।