काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी दिने समयावधि थप गरेको छ।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारी दर्ता गर्ने पार्टीको आन्तरिक म्याद आगामी पुस ५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो।
रास्वपाका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिअनुसार पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका नयाँ सदस्यहरूको व्यवस्थापन, उच्च संवाद समितिको तर्फबाट भइरहेको सम्भाव्य सहकार्य तथा एकता र 'जेन-जी' अगुवा तथा सरकारबीच भएको सम्झौता समेतलाई ध्यानमा राखेर समय थप गर्ने निर्णय गरिएको हो।