Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली कुटीप्रति भइरहेका टिप्पणीबारे महेश बस्नेतले भने- नामाकरण मात्रै हो कृपया टाउको नदुखाउनुहोस्

ओली कुटीप्रति भइरहेका टिप्पणीबारे महेश बस्नेतले भने- नामाकरण मात्रै हो कृपया टाउको नदुखाउनुहोस्

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ बारे भइरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

बस्नेतकै पहलमा नयाँ घर निर्माण गर्न लागिएको तर त्यसलाई कुटी नामाकरण गरेर भव्य बंगाला बनाउन लागिएको भन्दै भइरहेको आलोचना
प्रति बस्नेतले टाउको नदुखाउन भनेका हुन् ।

‘उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् केपी ओली जोगी होइनन्, एमाले नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति हो । उहाँ त्यसको अध्यक्ष हो । केपी ओलीका लागि २–३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’ हो भने अव्यावहारिक छ र ‘ब्यङ्ग’ हो भने—ब्यङ्ग गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौँ । त्यसैले कृपया टाउको नदुखाउनुहोस् ।

कुटी वा आश्रम जे भने पनि त्यो नामाकरण मात्रै भएको त्यसलाई व्यंग्य गर्न नहुने टिप्पणी गरे ।

‘उनले थप लेखेका छन् । कुटी भन्नुस वा ‘आश्रम’(यी त नामाङकण मात्रै हुन् । हिजो नेकपा फुटाएर एमाले सके भनेर के पी ओली “बार्दली गए” भनेर व्यंग्य गर्नेहरूलाई केपी ओलीले बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण र सन्तुलन निर्धारण गर्ने व्यक्ति उहाँ नै हो । आज फेरी “राजनीतिबाट कुटी पुगे” भनेहरूले बुझ्नु पर्ने कुरा यस्तो छ ।

जेनजी आन्दोलनपछि ओलीको भक्तपुरको बालकोटस्थित निजी निवास क्षति भएपछि भक्तपुरकै गुण्डुमा ओलीका लागि ‘ओली कुटी’ निर्माण गर्न लागिएको छ ।

उक्त कुटीको शिलान्यास ओली पत्नी राधिका शाक्यले बिहीबार मात्रै गरेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077