Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतलाई इन्धन आपूर्ति कुनै अवरोध बिना जारी रहन्छ : पुटिन

भारतलाई इन्धन आपूर्ति कुनै अवरोध बिना जारी रहन्छ : पुटिन

शुक्रवार , मंसिर १९, २०८२

एजेन्सी । भारतको औपचारिक भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई इन्धन आपूर्ति कुनै पनि अवरोध बिना निरन्तर जारी राख्ने बताएका छन् ।

अमेरिकाले निरन्तर भारतमाथि रुसबाट तेल नकिन्न दबाब बढाइरहेका तथा अतिरिक्त भन्सार शुल्क लगाइरहेका बेला पुटिनको यो आश्वासनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

अमेरिकाले हालै भारतमाथि रूसी तेल आयातबापत २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएको छ, जसले कुल भन्सार दर ५० प्रतिशत पुर्‍याएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लागू गर्दै रूसी तेल तथा हतियार खरिदमा ‘२५ प्रतिशत जरिवाना’ को प्रावधान थप गरेका थिए।

ट्रम्प प्रशासनले भारतले युक्रेनमाथिको रुसी आक्रमणबीच रुसबाट तेल तथा हतियार खरिद गर्दै युद्धमा रुसलाई प्रत्यक्ष फाइदा पुर्‍याएको आरोप लगाउँदै आएको छ, तर भारतले यो आरोप पूर्ण रूपमा अस्वीकार गरेको छ।

रुसी इन्धनप्रति भारतको निर्भरता पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077