Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानी विदेशमन्त्री अराघची मस्कोमा पुटिनसँग भेट्दै, मध्यपूर्व संकटबारे छलफल हुने

इरानी विदेशमन्त्री अराघची मस्कोमा पुटिनसँग भेट्दै, मध्यपूर्व संकटबारे छलफल हुने

सोमवार , बैशाख १४, २०८३

एजेन्सी । इरानी विदेशमन्त्री अब्बास अराघची आज मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।

इरानी स्टुडेन्ट्स न्युज एजेन्सीले रुसका लागि इरानी राजदूत काजेम जलालीलाई उद्धृत गर्दै भ्रमणबारे जानकारी दिएको हो । उनका अनुसार अराघची र पुटिनबीचको भेट आजै हुने तय भएको छ ।

भ्रमणका क्रममा अराघचीले रुसी अधिकारीहरूसँग क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पछिल्ला घटनाक्रम, युद्धविरामका प्रयास र त्यससँग सम्बन्धित कूटनीतिक पहलका विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ।

रुसी विदेश मन्त्रालयले पनि आइतबार अराघचीको मस्को भ्रमण पुष्टि गरेको छ। पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावबीच अराघचीले कूटनीतिक सक्रियता तीव्र बनाएका छन्।

यसअघि उनले पाकिस्तान र ओमानको भ्रमण गरी त्यहाँका उच्च अधिकारीहरूसँग गहन छलफल गरिसकेका छन्।

यस्तै, उनी २४ घण्टाभित्रै दोस्रो पटक इस्लामाबाद पुगेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077