Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुस-युक्रेन युद्ध चाँडै समाप्त हुनसक्ने पुटिनको दाबी

रुस-युक्रेन युद्ध चाँडै समाप्त हुनसक्ने पुटिनको दाबी

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन चाँडै अन्त्यतिर पुग्न सक्ने संकेत गरेका छन् ।

रुसको ‘विजय दिवस’ परेडपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युद्ध अब अन्त्यतिर उन्मुख भएको दाबी गरेका हुन् । 'मलाई लाग्छ, यो विषय अब अन्त्यतिर आइपुगेको छ,' उनले भने ।

पश्चिमा देशहरूले युक्रेनलाई दिएको सैन्य सहयोगबारे प्रश्न उठेपछि पुटिनले पश्चिमी राष्ट्रहरूले रुससँगको टकराव बढाएको आरोप लगाए ।

'उनीहरूले रुससँगको द्वन्द्व बढाउन थाले, जुन अझै जारी छ । यो गम्भीर विषय हो, तर अन्त्यतिर जाँदैछ,' उनले टिप्पणी गरे ।

रुस र युक्रेनबीच तीनदिने युद्धविराम चलिरहेका बेला पुटिनको यस्तो अभिव्यक्ति आएको हो । दोस्रो विश्वयुद्धमा सोभियत संघले नाजी जर्मनीमाथि जित हासिल गरेको सम्झनामा मनाइने ‘विजय दिवस’ परेडमा यसपटक रुसका निकट सहयोगी राष्ट्रका नेताहरू मात्रै सहभागी भएका थिए ।

झण्डै दुई दशकपछि पहिलोपटक परेडमा भारी सैन्य हतियार प्रदर्शन गरिएन । युद्धविरामको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मध्यस्थतामा भएको वार्तापछि गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077