Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘हाम्रो पार्टी नेपाल’ औपचारिक रूपमा घोषणा हुँदै, खगेन्द्र सुनार प्रमुख अतिथि

‘हाम्रो पार्टी नेपाल’ औपचारिक रूपमा घोषणा हुँदै, खगेन्द्र सुनार प्रमुख अतिथि

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । ‘हाम्रो पार्टी नेपाल’ नामक नयाँ राजनीतिक दल आज औपचारिक रूपमा घोषणा हुँदैछ ।

राजधानीको बालुवाटारस्थित टी–२१ प्यालेसमा आयोजना हुने समारोहमार्फत् दलले आफ्नो विधिवत् आरम्भ गर्न लागेको हो ।

पार्टीका प्रेस संयोजक सोबिन्द्र परियारका अनुसार घोषणा सभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ र कार्यक्रम आज मध्यान्ह १२ः०० बजे सुरु हुनेछ।

दलको घोषणामा सामाजिक अभियन्ता खगेन्द्र सुनार प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् । लामो समयदेखि सामाजिक न्याय, समावेशी अधिकार, नागरिक सरोकार र जनदबाबका मुद्दामा सक्रिय सुनारकै अग्रसरता र वैचारिक नेतृत्वमा यो दल अघि बढ्न लागेको बुझिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077