Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच सहमति: साझा चिह्नबाट चुनाव लड्ने

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच सहमति: साझा चिह्नबाट चुनाव लड्ने

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । कुलमान घिसिङ अग्रसरता रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालबीच साझा चुनाव चिह्नमा सहमति भएको छ ।

उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘चिम’ लाई साझा चुनाव चिह्न बनाएर निर्वाचनमा भाग लिने सहमति भएको हो ।

कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइक’ चुनाव चिह्न निर्वाचन आयोगबाट लिएका थिए ।

आयोगको एउटै चुनाव चिह्नमा फरक फरक पार्टीहरुले लड्न पाउने व्यवस्था अनुसार उनीहरुले साझा चुनाव चिह्न माग गरेका हुन् ।योसंगै हाम्रो पार्टी नेपालले पनि आगामी निर्वाचनमा बिजुलीको चिम चुनाव चिह्नमा उम्मेदावरी दिन निर्वाचन आयोगमा निवेदन दिएको छ ।

वैकल्पिक शक्तिहरू एकताबद्ध हुँदै निर्वाचनमा जाने प्रयास स्वरूप अन्य दलहरूसँग पनि सहकार्यका लागि छलफल चलिरहेको उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाले बताए ।

साझा चुनाव चिह्नमा भएको समझदारीसहित पार्टीको आगामी योजनाबारे जानकारी दिन बुधबार नै राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरिएको थापाले बताए ।

प्रतिनिधिसभा निर्वाचन फागुन २१ का लागि तोकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077