Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाका रथी गणेशकुमार श्रेष्ठ फोर्स कमाण्डर नियुक्त

सेनाका रथी गणेशकुमार श्रेष्ठ फोर्स कमाण्डर नियुक्त

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि नयाँ फोर्स कमाण्डर नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार श्रेष्ठको नियुक्ति घोषणा गरेका हुन् ।

घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल पूरा भएपछि श्रेष्ठलाई फोर्स कमाण्डरका रूपमा जिम्मेवारी दिइएको हो ।

नेपाली सेनाले पनि नियुक्तिको पुष्टि गरेको छ, तर महासचिवको औपचारिक पत्र भने प्राप्त हुन बाँकी रहेको बताइएको छ ।

३६ वर्षभन्दा बढीको सेवा अनुभव भएका रथी श्रेष्ठ संयुक्त राष्ट्र शान्ति मिसनमा पनि ख्यातिप्राप्त मानिन्छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077