Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाले भन्यो - विगतमा झैँ सुरक्षा प्रदान गरी मतपेटिकालाई गणनास्थलसम्म पुर्‍याइनेछ

नेपाली सेनाले भन्यो - विगतमा झैँ सुरक्षा प्रदान गरी मतपेटिकालाई गणनास्थलसम्म पुर्‍याइनेछ

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । नेपाली सेनाले विसं २०४८ सालदेखि हालसम्म सम्पन्न भएका सबै प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा जिम्मेवारी निर्वाह गर्दै आएको स्पष्ट पारेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, मतदान अवधिभर तेस्रो सुरक्षा घेरामा रही सुरक्षा प्रदान गर्ने तथा मतदानपछि मतपेटिका मतगणना स्थलसम्म पुर्‍याउने जिम्मेवारी सेनाले सम्हाल्दै आएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार विगतका निर्वाचनझैँ यस पटक पनि स्थापित ‘प्रोटोकल’ अनुरूप नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि तथा नेपाली सेनासहितको एकीकृत टोलीले मतदान स्थलबाट मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्नेछ।

सेनाले एकीकृत सुरक्षा योजनाअनुसार सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै आसन्न निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ।

निर्वाचन सुरक्षासम्बन्धी सम्पूर्ण कार्यहरू ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४’ तथा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ बमोजिम सञ्चालन भइरहेको सेनाको भनाइ छ।

सेनाले निर्वाचन प्रक्रिया लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण आधार भएकाले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार आफ्नो भूमिकालाई व्यावसायिक ढंगले निर्वाह गरिरहेको पनि स्पष्ट पारेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077