काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरेको प्रष्टीकरण दिएको छ।
सैनिक मुख्यालय जंगी अड्डाले बुधबार प्रेस विज्ञप्तिमा जारी गरीविपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरेको प्रतिक्रिया दिएको हो।
विगत केही दिनयता नेपाली सेनाले सुकुमबासीहरुको विवरण संकलन गरेको भन्दै आलोचना बढेको थियो ।
त्यसबारे बुधबार सैनिक मुख्यालय जंगी अड्डाले एक प्रेस विज्ञप्तिमा जारी गर्दै विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरेको प्रतिक्रिया दिएको हो।
सेनाले विगतका वर्षहरूमा जस्तै विपद्का घटनाहरूलाई मध्यनजर गर्दै वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोख जोखिमलाई दृष्टिगत गरी विवरण संकलनको काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
'सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा नेपाली सेनाले सुकुमबासीहरुको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरु प्रकाशन र प्रशारण भइरहेको सन्दर्भमा नेपाली सेनाका स्थानीय युनिटहरुले आ–आफ्नो क्षेत्रमा हुन सक्ने विपद्जन्य घटनाहरुमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्थापनाका कार्यहरुलाई सहज बनाउने उदेश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको सबैमा जानकारी गराउँदछौँ,' नेपाली सेनाले भनेको छ ।
हाल केन्द्र सरकारको अगुवाइमा काठमाडौं लगायत देशका विभिन्न स्थानहरुबाट सुकुमबासी बस्ती हटाउने क्रम सुरु भएको छ ।
त्यसैले मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्का घटनामा सुरक्षा फौज तैनाथ भएर उद्धार र राहत वितरण तथा पुनर्स्थापनाको कामलाई सहज बनाउन विवरण माग गरिएको सेनाले जिकिर गरेको छ ।
सेनाले संकलन गरेको विवरणबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आशंका व्यक्त गरिएपछि जंगी अड्डाले यसबारे प्रष्ट पारेको हो।