Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाको अपिल- सुनियोजित ढङ्गबाट प्रसारित भ्रामक सूचनाहरूमा विश्वास नगर्नू

सेनाको अपिल- सुनियोजित ढङ्गबाट प्रसारित भ्रामक सूचनाहरूमा विश्वास नगर्नू

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । नेपाली सेनाले सुनियोजित ढङ्गबाट असान्दर्भिक सूचनाहरू प्रसारित भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । भ्रममा नपर्न अपील गरेको छ।

बुधबार सेनाले एक अपील सार्वजनिक गर्दै बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा केही सुनियोजित ढङ्गबाट असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरू प्रसारित भएको भन्दै  ध्यानाकर्षण जनाएको हो ।त्यसमा विश्वास नगर्न आग्रह गरेको हो।

'सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ । आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौं,' सेनाद्धारा विज्ञप्तिमा भनिएको छ । 

निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकायहरू एकीकृत ढङ्गले कार्य गरिरहेकोले भ्रममा नपर्न अपील गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077