Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेशलाई शिक्षामन्त्रीको व्यंग्यात्मक प्रहार - आफूले देशलाई स्वर्ग बनाए जस्तै कुरा गर्छन् बा, म त हाँसेरै मर्छु

महेशलाई शिक्षामन्त्रीको व्यंग्यात्मक प्रहार - आफूले देशलाई स्वर्ग बनाए जस्तै कुरा गर्छन् बा, म त हाँसेरै मर्छु

मंगलवार , मंसिर १६, २०८२

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि आर्थिक अनियमितताको आरोप लगाएपछि शिक्षामन्त्री महावीर पुनले व्यंग्य गरेका छन् ।

मंगलबार नेता बस्नेतले ऊर्जामन्त्री घिसिङ र अर्थमन्त्री खनाल मिलेर ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीएमार्फत ५ अर्ब रुपैयाँ उठाउने सेटिङ भइरहेको दाबी गरेका थिए ।

सोही आरोपसहितको पोस्टलाई साझा गर्दै मन्त्री पुनले व्यंग्यात्मक शैलीमा बस्नेत र एमाले नेतृत्वमाथि कटाक्ष गरेका हुन् ।

मन्त्री पुनले बस्नेतको आरोपप्रति प्रतिक्रिया दिँदै लेखे, 'के के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले — म त हाँसेरै मर्छु कि क्या हो।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077