Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले ११औं महाधिवेशन : प्यानल प्रतिस्पर्धाको तयारीमा ओली–पोखरेल

एमाले ११औं महाधिवेशन : प्यानल प्रतिस्पर्धाको तयारीमा ओली–पोखरेल

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको मिति नजिकिँदै जाँदा प्यानल निर्माणसँगै नेताहरू तानातानमा परेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष हुने दौडमा छन् । ओली र पोखरेल दुवैले प्यानल निर्माणसहित अध्यक्षमा विजयी हुन आन्तरिक रणनीति निर्माणमा लागेका छन् ।

देशैभरि प्रतिनिधि छनोटको कार्य सकिएको छ । केन्द्रीय कमिटीमा आउन खोजेका नेताहरू काठमाडौं आउनेक्रम सुरु भइसकेको छ ।

पदाधिकारी हुन चाहने नेताहरूले आन्तरिक लबिइङ सुरु गरिसकेका छन् । अहिलेको स्थायी कमिटी र पोलिटब्युरोमा रहेका अधिकांश नेताहरू पदाधिकारी हुन खोजेका छन् ।

अहिले पदाधिकारी रहेका नेताहरू पुनः पदाधिकारी हुन खोजेका छन् । तर, ओली र पोखरेल दुवैलाई पदाधिकारीको टुंगो लगाउन सकस परेको छ । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077