काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको तीन वर्षमै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ तीनचौथाइ मत हासिल गरेको छ ।
प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएर समानुपातिकतर्फ एक करोड मतगणना सकिँदा ६ वटा दलमात्र राष्ट्रिय दल बन्ने पक्का देखिएको छ ।
गणना बाँकी सबै मत कुनै एउटा दलले मात्र ल्याउँदा पनि अब ६ भन्दा बढीले ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने अवस्था देखिएकाले ६ दलमात्र राष्ट्रिय दल बन्ने भएका हुन् ।
प्रत्यक्षतर्फ तीनचौथाई मत पाए पनि समानुपातिक अनुपातले रास्वपालाई समग्रमा दुईतिहाइ मत पुग्न भने सकस हुने देखिएको छ ।
रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपामात्र राष्ट्रिय दल बन्ने भएका छन् । विगतमा मधेशमा राम्रो पकड बनाएका कुनै पनि मधेशवादी दलले ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने देखिएको छ ।
जेनजी आन्दोलनपछि संसद् विघटन गर्दै घोषणा गरिएको निर्वाचन तोकिएको मिति २१ फागुनमै सम्पन्न भई परिणाम सार्वजनिक भइरहेको छ । राजधानी दैनिकबाट