काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित रविन महतोले पथ तथा गोपनियताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा बिहीबार आयोजित शपथ समारोहमा ढिलो गरी पुगेका महतोले बेग्लै शपथ लिएका संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीले संसद्को अधिवेशन आह्वान भएपछि बैठक सञ्चालन हुनेगरी तयारी गरिएको बताए ।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूले सपथ लिएसँगै नयाँ सरकार गठन र संसद् अधिवेशनको प्रक्रिया आरम्भ हुनेछ ।