काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयसँग ७ अर्ब ८१ करोड ५ लाख बजेट माग गरेको थियो । तर अर्थ मन्त्रालयले ६ अर्ब ७६ करोड ६६ लाख रकम निकासा दिएको थियो ।
आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिले बुझाएसँगै खर्च पनि सार्वजनिक गरेको हो। जसअनुसार निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च भएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खर्चका हिसाबले मितव्ययी निर्वाचन भएको दाबी गरेका छन्।