Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाका उम्मेदवारसँग हारे ११ पार्टीका अध्यक्ष

रास्वपाका उम्मेदवारसँग हारे ११ पार्टीका अध्यक्ष

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ वटा राजनीतिक दलका नेतृत्वले पराजयको पीडा भोग्नुपरेको छ । ती सबै अध्यक्ष र सभापति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवारसँग भारी मतले पराजित बनेका हुन् ।

आफ्नो हस्ताक्षरमा बाँडिएका टिकटबाट कतिपय जिल्ला र पालिका तहसम्मका उम्मेदवारले चुनाव जित्दा अघिल्लो प्रतिनिधिसभाको सबैभन्दा ठूला २ दलका अध्यक्ष र सभापति नै यो चुनावमा पराजित भएका छन् ।

रमाइलो त के छ भने मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३२ मध्ये ३० सिटमा जित दर्ता गर्दा मधेश प्रदेशबाट मात्र ८ वटा राजनीतिक दलका अध्यक्षहरू पराजित भए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग भारी मतले पराजित हुँदा कांग्रेसका सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर–४ मा रास्वपाकै उम्मेदवार अमरेशकुमार सिंहसँग ठूलो मतान्तरले पराजित भए ।

मधेश प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति पार्टी ने पालका अध्यक्ष राजेन्द्र महतो, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री रिजवान अन्सारी र राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारी चुनावी मैदानमा थिए ।

तर यी सबै अध्यक्ष पराजित भए । जसपा नेपालका अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर–३ बाट र जनमत पार्टीका अध्यक्ष राउत सप्तरी क्षेत्र नम्बर–२ बाट पराजित भएका छन् ।

जनता पार्टीका अध्यक्ष साहले रौतहट क्षेत्र नम्बर–३ बाट, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ बाट, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारी महोत्तरी क्षेत्र नम्बर–३ पराजित भएका हुन् । यसैगरी राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारी बारा क्षेत्र नम्बर–४ बाट र समुन्नत नेपाल पार्टीका अध्यक्ष खनाल बारा क्षेत्र नम्बर–४ बाट पराजित भए ।

यी सबै उम्मेदवारलाई रास्वपाका उम्मेदवारले भारी मतले पराजित गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापा क्षेत्र नम्बर–३ बाट रास्वपाकै उम्मेदवारबाट पराजित भएका छन् ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि काठमाडौं क्षेत्र नम्बर–३ बाट रास्वपाका उम्मेदवार तथा काठमाडौं महानगर प्रहरीका पूर्वप्रमुख राजुनाथ पाण्डेसँग पराजित भएका छन् ।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले पनि मधेश प्रदेशमा रास्वपाका उम्मेदवारसँगै हार्नुपरेको छ । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077