Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्व संकलन कमजोर, चालू खर्च धान्नै मुस्किल

राजस्व संकलन कमजोर, चालू खर्च धान्नै मुस्किल

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन नजिकिँदै गर्दा घोषणापत्रका नाममा प्रतिबद्धतापत्र, प्रतिज्ञापत्र, बाचापत्रहरू सार्वजनिक गरेका छन् ।

तर ती दलहरूका घोषणापत्रले विकास निर्माण, रोजगारी सिर्जना र सुविधाका प्याकेजहरू घोषणा गर्दा राजस्व संकलनमा वृद्धि गर्ने आधारहरू भने स्पष्ट पारेका छैनन् ।

कर छुट, अनुदान वृद्धि, सामाजिक सुरक्षा विस्तार र रोजगारी कार्यक्रमजस्ता प्रतिबद्धताले मतदाता आकर्षित गर्ने रणनीति स्पष्ट देखिन्छ ।

तर यिनै कार्यक्रमले राजस्व संकलनमा कस्तो प्रभाव पार्छ ? दलहरूले राजस्व वृद्धि गर्ने दाबी गरे पनि प्रतिवद्धताहरूबीच वित्तीय अनुशासन र लोकप्रियतामुखी कार्यक्रमबीचको सन्तुलन चुनौतीपूर्ण देखिएको छ ।

नेपालको राजस्व संकलनको मुख्य जिम्मेवारी नेपाल सरकारअन्तर्गतको आन्तरिक राजस्व विभाग र भन्सार विभागले बहन गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा आर्थिक सुस्ती, आयातमा गिरावट र लगानी घट्दा राजस्व लक्ष्य पूरा गर्न दबाब बढेको छ ।

अधिकांश दलहरूले साना तथा मध्यम उद्योग, किसान र मध्यम वर्गलाई कर छुट, ब्याज अनुदान वा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बाचा गरेका छन् । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077