Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हायात होटलको क्यासिनोमा लुटपाट गरी आगो लगाउने दावा र रने पक्राउ

हायात होटलको क्यासिनोमा लुटपाट गरी आगो लगाउने दावा र रने पक्राउ

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका बेला काठमाडौँको बौद्धस्थित हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, आगजनी र तोडफोड प्रकरणमा संलग्न दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सेठी भन्ने दावा शेर्पा र रने भन्ने रञ्जित खड्गी रहेका छन् । क्यासिनोभित्र रहेका संरचना तोडफोड, आगजनी तथा चोरीमा संलग्न व्यक्तिहरूको पहिचानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार क्यासिनोको काउन्टरमा राखिएको करोडौं रुपैयाँ अपरिचित व्यक्तिहरूले लुटेर लगेका थिए ।

दुवैलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर चोरी तथा डाँका सम्बन्धी कसूर, र आपराधिक उपद्रव मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077