Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । सरकारले भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा यस विषयलाई प्राथमिकताका साथ समेटेको छ।

सरकारका अनुसार, नवगठित समितिलाई सम्पूर्ण विवरण संकलन, विश्लेषण र जिम्मेवार पक्षको पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइनेछ।

समितिले बुझाएको सिफारिसको आधारमा घटनामा संलग्नहरूमाथि आवश्यक थप कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाइने सरकारको स्पष्ट जनाएको छ।

यसैगरी, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगायतका प्रदर्शनका क्रममा भएका घटनाबाट प्रभावित परिवार र नागरिकहरूको न्याय, पुनर्स्थापना र राज्यप्रतिको विश्वास फर्काउन सरकारले एकीकृत पहल गर्ने योजना बनाएको छ।

सरकारले यसअघि नै गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा उल्लेखित दोषी व्यक्ति र पक्षहरूमा प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाही प्रक्रिया तुरुन्त अघि बढाउने दाबी गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077