Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा आन्दोलनकारीबाटै २४ जना मारिएको पुष्टि

जेनजी आन्दोलनमा आन्दोलनकारीबाटै २४ जना मारिएको पुष्टि

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको छ, जसमा आन्दोलनकारीतर्फबाटै २४ जनाको ज्यान गएको कार्की आयोगको प्रतिवेदनले औँल्याएको छ ।

आयोगले घटनामा प्रहरी, सर्वसाधारण र विदेशी नागरिकहरू पनि मारिएका तथ्य सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार, आन्दोलनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको थियो ।

ब्यापारिक र निजी भवनमा आगलागीमा परी पाँच जनाको ज्यान गएको थियो भने निजी प्रतिष्ठानमा काम गर्ने कर्मचारी र सर्वसाधारण गरी तीन जनाको मृत्यु आन्दोलनकारीको आगलागीमा परेको थियो ।

हायात होटलमा भारतीय नागरिकको मृत्यु भएको छ । भाटभटेनीमा जलेको अवस्थामा फेला परेका १२ जनाको सनाखत अझै हुन सकेको छैन ।

प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो भने १० जना कैदीबन्दी भाग्ने क्रममा गोली लागेर ज्यान गुमाएका थिए ।

सरकारले तीन प्रहरी र प्रहरीको गोली लागेर ज्यान गुमाएका ४२ जनालाई सहिद घोषणा गरेको छ । जाँचबुझ आयोगले प्रदर्शनको क्रममा २ हजार ५२२ जना घाइते भएको तथ्य पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077