Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङको प्रश्न - सिंहदरबार कस्ले जलाको रैछ ?

हर्क साम्पाङको प्रश्न - सिंहदरबार कस्ले जलाको रैछ ?

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । सांसद हर्क साम्पाङले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनप्रति प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साम्पाङले प्रतिवेदनमा घटनाको वास्तविकता उजागर नभएको बताएका हुन् । उनले दोषी पहिचान र कारबाहीको माग गरे ।

सिंहदरबार जलाउनेको व्याख्या छ कि छैन त्यो प्रतिवेदन भन्ने चीजमारु कस्ले जलाको रैछ ?' भन्दै उनले प्रश्न गरे । उनले दोषी पत्ता लगाएर कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।

'जलाउनेलाई कारवाही हुनु पर्छ ! आज हेरेको ल्याङ्फ्याङ देखें मैले !' उनले उल्लेख गरेका छन् ।

जाँचबुझ आयोगको प्रतिवेदनमाथि विश्वसनीयता र प्रभावकारिताबारे प्रश्न उठ्न थालेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077