Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको खुलासा

प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको खुलासा

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २४ गते बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा राजीनामा दिने राजनीतिक विकल्प सुझाव दिएको खुलासा भएको छ ।

यो जानकारी उनले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की संयोजकत्वमा गठित आयोगलाई दिएका बयानमा सार्वजनिक गरेका हुन् ।

सिग्देलका अनुसार, भदौ २४ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले परिस्थिति नियन्त्रणका लागि सुझाव मागेका थिए।

त्यसपछि उनले दुई विकल्प अघि सारेका थिएः पहिलो, थप मानवीय क्षति रोक्न राजनीतिक समाधानका रूपमा राजीनामा उपयुक्त हुन सक्ने, दोस्रो, संवैधानिक प्रक्रिया पूरा भएपछि नेपाली सेना स्थिति नियन्त्रणका लागि पूर्ण रूपमा तयार रहेको।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077