Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको आग्रह: प्रतिस्पर्धा गरौँ तर एकले अर्कालाई नहोच्याऊँ, अपमान नगरौँ

ओलीको आग्रह: प्रतिस्पर्धा गरौँ तर एकले अर्कालाई नहोच्याऊँ, अपमान नगरौँ

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदान गर्न चाहनेहरुका लागि मतदानबाटै पदाधिकारी चयन हुने बताएका छन् ।

आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिह्न ९लोगो० सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

महाधिवेशनमा संगठनात्मक विषय, राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताए ।

उनले भने- 'महाधिवेशनमा मतदान हुन्छ। यो मतदान गर्न नदिएर, मतदान नै नभएर ल यसरी सर्वसम्मति गर्नुपर्छ भन्ने नाउँमा सेन्टिमेन्टल कुरा गरेर, सेन्टिमेन्टलको नाममा कसैलाई आउनै नदिएर अगाडि बढ्ने, आउनै नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन । त्यस्तो रोक्नेसोक्ने कुनै काम हुँदैन। प्रतिस्पर्धा, खुला हुन्छ। प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ।'

सर्वसम्मति हुन नसके मतदान अनिवार्य हुने पनि स्पष्ट पारे ।

एकतावद्ध भएर महाधिवेशनमा जान र कसैलाई अपमान नगर्न उनको आग्रह छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077