Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन किराँतीले भने- जेनजी विद्रोह विदेशीको कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्ति

सुदन किराँतीले भने- जेनजी विद्रोह विदेशीको कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्ति

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले नभई नेतृत्वमा रहेका नेताहरूका कारणले भएको जिकिर गरेका छन् ।

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

जेनजी विद्रोह विदेशीको कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्ति भएको उनले बताए ।

उनले भने- 'उहाँहरु जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाज पनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रुपले खारेज गर्दछ त्यसलाई । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ रु २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी रु केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधीनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?'

आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ रु नेता किराँतीको प्रश्न छ ।

वर्षैदेखि राज्यसत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरेर अरुलाई दोष लगाउने काम नगर्न समेत चेतावनी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077