Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले दिए पदबाट राजीनामा

रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले दिए पदबाट राजीनामा

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पनि पदबाट राजीनामा दिएका छन् ।

पार्टीको प्रचलनअनुसार उनले बागमती प्रदेश समितिमा राजीनामा बुझाएका हुन् ।

यद्यपि उनले आफूले सभापतिबाट राजीनामा दिएको तर पार्टी भने नछाडेको बताएका छन् ।

विष्टले भने- 'पार्टी छोडेको छैन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको हु ।'

राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए । बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएपछि रोकिएका उनले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए ।

रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते गठित रास्वपामा एकपछि अर्को गर्दै पहिलो महाधिवेशनसमेत नहुँदै संस्थापक नेताहरूले नै रास्वपा छाड्न थालेका छन् ।

पछिल्लो समय सभापतिले जेलबाटै पार्टी चलाउन खोजेको भन्दै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै रास्वपा छाडेकी थिइन् । लगत्तै केन्द्रीय सदस्य डा।प्रभात अधिकारी र हरि भट्टले पनि राजीनामा दिए ।

विघटित प्रतिनिधिसभाको प्रमुख सचेतकसमेत रहेका सन्तोष परियारले पनि कात्तिक २८ गते रास्वपा छाडेका छन् ।

यस्तै, पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने भन्दै वक्तव्य निकालेका कोशी प्रदेश सभापति राजेश तिमिल्सिनाले पनि पार्टी छाडिसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077