Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वस्थ प्रतिस्पर्धाका लागि तयार छु, माधव र भीम रावलजस्तो नहोस् : अध्यक्ष ओली

स्वस्थ प्रतिस्पर्धाका लागि तयार छु, माधव र भीम रावलजस्तो नहोस् : अध्यक्ष ओली

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने संकेत दिएका बेला ओलीले पार्टीभित्रको प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने धारणा राखेका हुन् ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र गतमा पनि प्रतिस्पर्धा भएका तर आफू सधैं संगठन सुदृढीकरण र एकताको पक्षमा उभिएको स्मरण गराए ।

ज्ञवालीले ओलीको भनाइ उद्धृत गर्दै भने,'पार्टीमा विभिन्न समयमा प्रतिस्पर्धा भए। म प्रतिस्पर्धामा पराजित भएको अवस्थामा पनि पार्टी एकताको लागि निरन्तर लागिरहेँ। तर विगतका केही प्रतिस्पर्धी साथीहरू माधवकुमार नेपाल र भीम रावल पार्टी एकतामा टिक्नुभएन।'

ओलीले स्वस्थ प्रतिस्पर्धाले पार्टीलाई सकारात्मक ऊर्जा दिने बताउँदै पार्टीभित्र विभाजन दुबारा नदोहोरिनुपर्नेमा जोड दिए ।
'स्वस्थ प्रतिस्पर्धा गरौँ, त्यसले खास असर पार्दैन। तर देशको आवश्यकता भनेको सहकार्य र एकताका साथ अघि बढ्नु हो,' ओलीको भनाइ ज्ञवालीले उद्धृत गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077