Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित, एमालेबाट एक सांसद उपस्थित

मधेश प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित, एमालेबाट एक सांसद उपस्थित

बुधवार , मंसिर ३, २०८२

काठमाडौं। मधेश प्रदेश सभा बैठक सुरु हुनासाथ स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ नेकपा एमालेबाट उपस्थित एक मात्र सांसद सारदा देवी थापाले सरकारको उपस्थित नरहेको बैठक कसरी सञ्चालन हुने नियमापत्ति राखेकी थिइन् ।

त्यसपछि सभामुख बबिता राउत इशरले सरकारलाई उपस्थित हुन निर्देशन दिँदै बैठक १० मिनेटका लागि स्थगित गरेकी हुन् ।

आजको मधेस प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोगमा छलफल हुने कार्यसूची राखिएको थियो ।

सभामुखमाथिको महाअभियोग माथि छलफल हुने बैठकमा जनस्वराज रोजेका जनमतका सांसद पूर्व मुख्यमन्त्री सतिश सिंह, त्रिभुवन साह र माओवादीबाट विद्रोह गरेकी सांसद माला कर्ण समेत सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077