जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।
प्रदेशको आगामी सुरक्षा रणनीति तयारीस्वरुप बैठक बोलाएका हुन् ।
बैठक प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयमा बैठक जारी छ ।
बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सहभागी छन् भने प्रदेशका विभिन्न मन्त्रालयका सचिव र अन्य प्रतिनिधिहरू पनि सहभागी छन् ।
यसअघि मुख्यमन्त्री यादवले बिहान पत्रकार सम्मेलन गरी आफूमाथि आन्दोलनकारी समूहबाट खतरा रहेको बताएका थिए ।
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतमा मुद्दा रहेको र निकास पनि त्यहाँबाटै मात्र हुने बताउँदै अहिले गरिएको आन्दोलनको कुनै औचित्य नरहेको समेत बताएका थिए।